अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ: सहकारी प्रकरणमा गृहमन्त्री रविको कुनै संलग्नता छैन

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ: सहकारी प्रकरणमा गृहमन्त्री रविको कुनै संलग्नता छैन


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गर्नुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो। 

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सहकारीसम्बन्धी विषय अनुसन्धानका क्रममा रवि कतै दोषी नदेखिएको भन्दै यसलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाउनु भयो ।

प्रमुख विपक्षी कांग्रेसले केही दिनयता उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रवि लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्नुभयो।