अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई अध्यक्ष ओलीको जवाफ: संसदीय छानविन समिति सम्भव छैन

कांग्रेसलाई अध्यक्ष ओलीको जवाफ: संसदीय छानविन समिति सम्भव छैन


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिनुभएको छ।

मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको प्रश्नमा ओलीले भन्नुभयो, ‘सम्भव छैन।’

अध्यक्ष ओलीले भन्नुभयो , ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन।’

अध्यक्ष ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गर्नुभयो। त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो।