अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीबाट सावधानी अपनाउन एमाले अध्यक्ष ओलीको आग्रह

आगलागीबाट सावधानी अपनाउन एमाले अध्यक्ष ओलीको आग्रह


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत लागेसँगै हिजोआज धेरै ठाउँमा आगलागी भई ठूलो जनधनको क्षति हुने गरेकोले विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् आगलागीबाट जोगिन सावधानी अपनाउन आग्रह गर्नुभएको हो।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत् आग्रह  गर्दै भन्नुहुन्छ, ‘चैत लागेसँगै हिजोआज धेरै ठाउँमा आगलागी भएका दुःखद खबरहरु आइरहेका छन्। यसले ठूलो धनजनको क्षति गरेको छ। आगलागीका धेरै घटना हाम्रो लापरबाहीले हुने गरेका छन्। यसबाट जोगिन सावधानी अपनाऔं।’

आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि निम्न कुराहरूमा ध्यान दिन सके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने अध्यक्ष ओलीले बताउनु भएको छ।

आगलागी रोकथामका लागि निम्न बुँदा उल्लेख गरिएको छ: 

  • जमिन तथा वायुमण्डलको तापक्रम बढेसँगै अग्नीजन्य, प्रज्वलनशील पदार्थको उपयोगमा विशेष सावधानी अपनाऔं ।
  • धुम्रपान प्रयोगकर्ताहरूले चुरोट तथा बिडीका ठुटाहरू निभाएर मात्र फालौं, सलाई, लाइटर आदिलाई प्रज्वलनशील मट्टितेल, ग्यास आदिबाट टाढा र बलबालिकाको पहुँचभन्दा पर राखौँ ।
  • ग्यास, विजुलीका स्वीचहरू र मल्टीप्लग आदिको प्रयोग सकिएपछि बन्द गर्न नबिसौँ।
  • शहरी क्षेत्रमा विजुली सर्किट तथा ग्यास पाइप लाइनहरूको लिकेज आदिलाई राम्रोसँग चेकजाँच गरौं र सम्भव भएसम्म फायर अलार्म जडान गरौं ।
  • घर तथा पसल आदिमा राखिने मट्टिटेल, पेट्रोल आदि प्रज्वलनशील पदार्थमा विशेष निगरानी राखौँ ।
  • गाउँघरतिर खाना अथवा कुँडो पकाएपछि पूर्णरूपमा आगो निभाऔं, आगलागी हुने सिजनमा घर बाहिर प्रयोग हुने खुला चुल्होहरू बन्द गरौं । चुल्हो बाल्नै पर्ने अवस्थामा विशेष निगरानी राखौँ ।
  • घाँस, दाउरा वा अन्य प्रयोजनका निम्ति बन तथा बुट्यान क्षेत्रमा अग्नीजन्य गतिविधि पूर्णरूपमा निषेध गरौँ।