अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


काठमाडौँ– मोरङमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । जिल्लाको बेलबारी नगरपालिका १ शिशौलीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार ६० वर्षीय बमबहादुर लिम्बूले आज बिहान ४५ वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

लिम्बूका ८ वर्षीय छोरा भने भाग्न सफल भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।