अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकको सुरुमै आज पनि कांग्रेसको अवरोध

प्रतिनिधिसभा बैठकको सुरुमै आज पनि कांग्रेसको अवरोध


काठमाडौं-प्रतिनिधिसभा आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जनाएको छ। बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन्।

अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिनुभएकाे छ।  उहाँले गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाउनुभयाे।

सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभयाे। उहाँले भन्नुभयाे,’  गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले  संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिनेछ।’

सरकारले संसदीय छानबिन समिति गठन गरेर सम्बन्धित विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गर्नुभयाे।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं अनुसन्धानको दायरामा रहेकोमा उनीमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान  छ।यसअघि कांग्रेसको उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद बैठकमा जवाफ दिएपनि कांग्रेसले चित्त बुझाएको छैन।