अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकासहित बागमती, मधेस र कोशीका धेरै भूभागमा वर्षा

उपत्यकासहित बागमती, मधेस र कोशीका धेरै भूभागमा वर्षा


काठमाडौंअहिले देशभरको मौसम बदली भएको छ। जसकारण काठमाडौँ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम रहेको छ।

‘काठमाडौँमा बुधबार र बिहीबार पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशदेखि पूर्वमा बिहीबार पनि वर्षाको सम्भावना छ ।’

उहाँका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रूपमा कम बदली छ। बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ। बदली र वर्षा भएका स्थानमा जाडो महसुस भएको छ। पर्सिदेखि मात्र मौसममा सुधार हुँदै जाने मौसमविद् झाले बताउनुभयो ।