अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतामा अर्थतन्त्र लयमा फर्किएको अनुभूति हुनुपर्छ: सुनिता बराल

जनतामा अर्थतन्त्र लयमा फर्किएको अनुभूति हुनुपर्छ: सुनिता बराल


काठमाडौं-प्रतिनिधि सभा सदस्य सुनिता बरालले अर्थतन्त्र लयमा फर्किएको अनुभूति जनताले गर्नुपर्ने बताउनुभएको छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै निजी क्षेत्रको लगानीलाई सुनिश्चित गर्ने गरी सरकारको बजेट तथा कार्यक्रम आउनु पर्नेमा बरालले जोड दिनुभयो। ‘आर्थिक मोडेल कस्ता हुने, सिद्धान्त र प्राथमिकतामा छुटेको कुरा समेटेर ल्याउनु पर्छ’, उहाँले भन्नुभयो। 

सार्वजनिक ऋणको दायित्व बढाइ राख्ने तर कार्यक्रम प्रभावकारी नहुने कुराले गन्तव्यमा नपुगिने उहाँले प्रष्ट पार्नुभयो। त्यसैले यस विषयमा छलफल गर्नुपर्ने बरालले बताउनुभयो। 

समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्नको लागि ठोस योजनाका साथ सकारको नीति, कार्यक्रम र बजेट आउनु पर्ने उहाँले बताउनुभयो । यसमा किसान र युवालाई एकीकृत रूपले अघि बढाउने योजना ल्याउन पर्ने उहाँले सुझाव दिनुभयो। 

संविधान कार्यान्वयनलाई जोड दिने हो भने पनि धेरै उपलब्धि प्राप्त हुने उहाँले बताउनुभयो। यस तर्फ सरकारका कार्यक्रम जोडिनु पर्ने उहाँको धारणा छ। 

अर्थतन्त्र लयमा फर्किएको अनुभूति