अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते


पोखरा-पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ। शनिबार बिहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो।

पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताउनु भयो।

२६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन् ।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ । ‘चालकलाई नियन्त्रणमा लिएका छौं । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, डिएसपी खाँणले भन्नुभयो।