अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना : दुईजनाको मृत्यू

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना : दुईजनाको मृत्यू


हुम्ला – हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अदानचुली गाउँपालिका- ५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको पत्रकार नवराज महताराले जानकारी दिनुभयो ।