अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन: बझाङ-१ मा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार

उपनिर्वाचन: बझाङ-१ मा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार


काठमाडौं-नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो।

बझाङको  केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि उकत् स्थान रिक्त थियो।