अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईमा आज होली मनाइँदै,  सार्वजनिक बिदा

तराईमा आज होली मनाइँदै,  सार्वजनिक बिदा


काठमाडौँ– आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदै छ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रूपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा खुसीयाली  प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्त्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।