अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर ग्याङ फाइट प्रकरण: पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुने

ललितपुर ग्याङ फाइट प्रकरण: पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुने


काठमाडौं-ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न चार जना आरोपितहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा चारजनालाई सार्वजनिक गरेको हो।

दुई समूहबीच विवादका क्रममा  छुरा प्रहार हुँदा पूजन राई र रेबस राईको हत्या भएको थियो।

सार्वजनिक हुनेमा खाजा घरका सञ्चालक खोटाङका साकेला गाउँपालिका-२ का विजय राई,सोही ठाउँका सुलभ राई,भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरको छेङविहाङ राई रहेका छन्।

आइतबार राति होली खेली खाजा खान ढोलाहिटीको एक खाजाघरमा गएका यु्वाहरुको दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको थियो।प्रहरीका अनुसार घटनामा संलग्न अर्का एकजना फरार छन्। पाँचैजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रमुख शेखर खनालले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य ८ जनालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका विजय राई यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूबीच तिहारको समयमा  विवाद भएको र सोही विषयलाई  लिएर घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ।