अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्य व्यवस्था समिति बैठक

समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति पृथ्वीसुब्बा गुरुङको आपत्ति

समिति सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति पृथ्वीसुब्बा गुरुङको आपत्ति


काठमाडौँ-सांसद पृथ्वीसुब्बा गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति जनाउनु भएको छ।

बुधबार बसेको समितिको बैठकमा सांसद गुरुङले आपत्ति जनाउनु भएको छ।

सांसद गुरुङले भन्नुभयो, ‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ। समितिको विषय क्षेत्र के के हुन् त्यसमा छलफल हुनुपर्छ। जताततै पसेर जे जे मन लाग्छ त्यो विषयमा छलफल गर्ने होइन। हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ? सभापतिले के विषयमा छलफल गर्ने हो त्यही विषयमा छलफल गर्नुपर्‍यो त्यसका लागि हामीसँग छलफल गर्नुपर्‍यो।’