अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापा अधिवेशन: आज उम्मेदवारी दर्ता, भोलि मतदान

एमाले झापा अधिवेशन: आज उम्मेदवारी दर्ता, भोलि मतदान


झापा-नेकपा एमाले झापाको बिहीवारदेखि शुरु भएको ११औं अधिवेशनकाे नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया आज सुरु हुने भएको छ।

निर्वाचन कमिटीका अनुसार शनिवार बिहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने छ।

आइतवार बिहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ भने मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ। मतदान स्थल अग्रेसन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने जनाएको छ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार विर्तामोडको अग्रसेन भवनमा ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो।

अध्यक्षका आकांक्षी को-को ?

जिल्ला अध्यक्षका लागि दुईजनाले आकांक्षा देखाएका छन्। अहिलेको कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले दाबी गर्नुभएको छ। तर नेतृत्वले सर्वसम्मत नेतृत्व छनौटको तयारी गरेको छ। तर दुवै जना अध्यक्षबाट ब्याक हुने अवस्था नरहेकाले निर्वाचन कमिटीले भने निर्वाचनको तयारी गरेको छ।

सचिवमा भने तुलसी कार्की र बोधप्रसाद घिमिरेले आकाक्षी छन्।

उपसचिवमा भने टीकाराम मग्राती र खगेन्द्र नेपालले आकांक्षा देखाएका छन् । महिला उप सचिवमा भने देवीमाया भट्टराई, मिना विश्वकर्मा र अनिता कन्दंगवा आकाङ्क्षी छन्।