अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख १५ गते हुने उपनिर्वाचन एमालेले जित्छ: अध्यक्ष ओली

वैशाख १५ गते हुने उपनिर्वाचन एमालेले जित्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताउनुभएको हो।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउनुभयो।

उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो। त्यो समयमा पराजयको पीडा व्यहोर्नु परेको थियो। यस पल्ट हामी त्यो पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। यस पटक हामी हार्दैनौं। यस पटक हामी जित्छौं। यस पल्ट हामीले हार्नै मिल्दैन।’