अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धनपछि बागमती प्रदेश सरकारले आज विश्वासको मत लिंदै

नयाँ गठबन्धनपछि बागमती प्रदेश सरकारले आज विश्वासको मत लिंदै


काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ। नेपाली कांग्रेसले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जमरकट्टेलले विश्वासको मत लिन लाग्नु भएको हो । नयाँ गठबन्धन अनुसार एमाले र हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै विश्वासको मत पनि दिनेछन् ।

प्रदेशसभाका सचिवालायका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ।
बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाएको बताइएको छ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्नेछन्।
केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल मात्रै छन्।

बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री जम्बरकट्टेलले गत बिहीबार संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी ५७ सांसद छन्। बागमतीमा सरकार गठन गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ।

७ राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठुलो कांग्रेसको ३७, राप्रपाको सभामुख सहित १३, र नेमकिपाको ३ सिट छ।