अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाराको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने 

एमाले बाराको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने 


काठमाडौँ– नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । 

जिल्ला सदरमुकाम कलैयामा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । त्यसका लागि उहाँ आज बारा जाँदै हुनुहुन्छ ।   

उद्घाटन समारोहको तयारी पूरा भएको एमाले बाराले जनाएको छ । 

अधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन वडा, नगर तहबाट उत्साहजनक सहभागिता गराउने गरी तयारी भइरहेको एमाले बाराले जनाएको छ । 

आजदेखि सुरु हुने अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।