अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक उन्मुक्ति पार्टीको बैठकमै रेशम र रञ्जिता समूहबीच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमै रेशम र रञ्जिता समूहबीच कुटाकुट


काठमाडौं-नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ। संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको हात हालाहाल भएको छ।

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको हो।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताउनुभयो। सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको थियो। उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन्।

रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको छ।