अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो

एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो


 पाँचथर-नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचथरको नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ। उपाध्यक्ष र उप-सचिव सहित पाँच जना खुल्ला सदस्य पदमा सहमति नजुटेपछि मतदान गरिएको हो।

चार सय १ जना प्रतिनिधिमध्ये ३५८ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रेम काफ्लेले बताउनुभयो। अध्यक्ष पदमा हाल कार्यवाहकको जिम्मेवारी निर्वाह गर्दै आएका विष्णुप्रसाद सापकोटा र सचिव पदमा उप-सचिव पृथ्वी लावती सर्वसम्मत चयन हुनुभएको छ।

उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ र नरबहादुर गुरुङ तथा उप सचिव पुरुषतर्फ तुलसी थापा र जयप्रकाश केरुङ तथा उप सचिव महिला तर्फ कमलकुमारी योङहाङ र कौशिला आङदेम्वेको बित प्रतिस्पर्धा हुँदैछ।

यस्तै, पाँच जना सदस्य खुल्ला पदका लागि ११ जनाको प्रतिस्पर्धा हुँदैछ। सदस्य पदमा कृष्ण ओझा खगेन्द्र बास्कोटा, देविभक्त मैनाली, नवराज घिमिरे, नेत्रप्रसाद चिमरिया, पीताम्बर भट्टराई, बुद्धिमान स्याङदान, भजेन्द्रप्रसाद आचार्य, बाबुराम कार्की, राजु थाम्सुहाङ र विनोद आङदेम्बे चुनावी मैदानमा हुनुहुन्छ । अहिले मतगणना सुरु हुन लागेको छ साँझ ७ बजेभित्र गणना सक्ने तयारी भइरहेको निर्वाचन मण्डलका सूचना अधिकारी टिका तिम्सिनाले जानकारी दिनुभयो।