अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेलाई नेतृत्व दिन प्रधानमन्त्री दाहालको निर्देशन

कर्णालीमा एमालेलाई नेतृत्व दिन प्रधानमन्त्री दाहालको निर्देशन


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनुभएको छ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार कर्णालीको नेतृत्व एमालेलाई समर्थन गर्न माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो।

संसद्‍बाट विश्वासको मत लिनेगरी संसद् सचिवालयमा पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो।

‘प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म कर्णाली समितिले औपचारिक निर्णय गर्छ होला ।’

सहमतिअनुसार माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् भने लुम्बिनीमा हाल कांग्रेसको नेतृत्वमा सरकार छ। कांग्रेस नेतृत्वको सरकार ढलेपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ। 

यसैगरी एमालेले कर्णालीबाहेक कोशी, गण्डकीमा पनि सरकारको नेतृत्व गर्नेछ।  मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले नेतृत्व पाउनेगरी गठबन्धनमा निर्णय भएको एक एमाले नेताले जानकारी दिनुभयो।