काठमाडौँ– संवैधानिक परिषद्ले राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
आज सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन sambaidhanik@opmcm.gov.np मा पठाउनुपर्नेछ ।
प्रतिक्रिया