अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा


पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ। उहाँले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्। बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ।

गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ।राजीनामा बुझाएपछि पाण्डेले आफूले सुशासन र विकासका लागि काम गरेको र प्रक्रिया अनुसार फेरि सरकार गठनको पहल गर्ने उल्लेख गर्नुभयो ।