अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन महेश बर्तौलाको ध्यानाकर्षण

दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन महेश बर्तौलाको ध्यानाकर्षण


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

आज प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्दै दूधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यो देश कृषिप्रधान देश हो। सरकारले बजेट निर्माण गर्दैछ। कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दूधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु।’

उहाँले बिचौलिया हावी भएको कारण किसानहरुले रासायनिक मल पाउन कठिनाई भएको उहाँको भनाइ छ। सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्नुभयो।

उहाँले भन्नुभयो,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन । विचौलिया हावी भइरहेका छन् । त्यसैले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु।’