अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते


दाङ-दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ।

गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका-२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका-२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा हुनुहुन्छ। थारू दुर्घटनामा परेको एक बसका चालक हुनुहुन्छ। उहाँहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। 

लमही नगरपालिका-३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आज आपसमा ठोक्किएर दुर्घटना भएको थियो।