अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने

एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने


काठमाडौं-प्रमुख सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय गरेको छ।

एमालेबाट राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभाको उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो।

फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने निर्णय गरिसकेकाले उम्मेदवारमा घिमिरेलाई अघि सारिएको संसदीय दलका नेता दाहालले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बन्ने क्रममा राष्ट्रिय सभाको अध्यक्ष पद नेकपा माओवादी केन्द्रले लिने निर्णय भएको थियो। उपाध्यक्ष पद नेकपा एमालेलाई दिने गरी ८ बुँदे सहमति भएको थियो। त्यसैले हामीले विमलाजीलाई उम्मेदवार बनाउने तयारी गरेका छौं।’

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव यही चैत २८ गतेका लागि तोकिएको छ।