अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आज अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आज अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


पोखरा- आज देखि सुरु हुने नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
जिल्लाको नवौँ अधिवेशनको आज दिउसो पुतली बजारमा हुने एमाले स्याञ्जाले जनाएको छ ।
हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ ।
स्याङ्जाको अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् ।
जिल्ला इन्चार्ज टुकराज सिग्देलका अनुसार यहाँ सर्वसम्मत नेतृत्व चयन गर्न पहल प्रयत्न रहनेछ ।