अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय सरकारको समिरण बदलिएसँगै लुम्बिनीको मुख्यमन्त्री माओवादीका जोखबहादुर नियुक्त हुँदै

संघीय सरकारको समिरण बदलिएसँगै लुम्बिनीको मुख्यमन्त्री माओवादीका जोखबहादुर नियुक्त हुँदै


काठमाडौं- संघीय सरकारको समिकरणमा फेरबदल भएसँगै प्रदेश सरकारहरु भत्किने र बन्ने क्रम जारी रहेको छ । यसै क्रममा आज लुम्बिनीमा काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीलाई विस्थापित गर्दै मोआवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त हुदैहुनुहुन्छ ।
महरालाई समर्थन गर्दै नेकपा एमाले, माओवादी,जसपा,समजवादी लगायतका ४४ जना साँसदले हस्ताक्षर गरे प्रदेश प्रमुखलाई बुझाएका छन् । आजै केहीबेरमा महराले बहुमत साँसदको आफूलाई समर्थन छ भनेर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी हाल्ने र आजै उहाँको नियुक्ती हुने कार्यसुची रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । कार्यालय स्रोतका अनुसार डिल्लीबहादुर चौधरीले इमेलबाट आफ्नो राजिनामा पठाउनु भएको छ ।
महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सन्दर्भमा हिजै चार राजनीतिक दल र एक स्वतन्त्र साँसदले सात बुँदे सहमती गरेका छन् ।