अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झरेको कपाल पलाउन थालेको छ, २० वर्ष अरू कसैले आस नगरे हुन्छ: अध्यक्ष ओली

झरेको कपाल पलाउन थालेको छ, २० वर्ष अरू कसैले आस नगरे हुन्छ: अध्यक्ष ओली


पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै केही वर्ष पार्टीकाे नेतृत्व गर्ने बताउनुभएकाे छ।

नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बाेधन गर्दै अध्यक्ष ओलीले पार्टीमा २० वर्षजति अरुले आश नगरे हुन्छ भनेर बताउनु भयो ।

अध्यक्ष ओलीले आफ्नाे झरेकाे कपाल समेत अहिले पलाउन थालेकाे भन्दै बताउनुभयाे । उहाँले भन्नुभयो, ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै ! माया लाग्छ एमालेबिनाको नेपाल। कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ। केपी ओली नभइदिएको भए यसो गर्छु उसो गर्छु भन्ने लाग्या होला। मैले पोहोर-परार भनेको थिए, जुँगा अलि कालाकाला हुन थाले भनेर, मेरो सबै कपाल झरेको थियो अहिले कपाल पलाउन थालेको छ, रोपेको होइन आफैले पलाउन थालेको छ, अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ।’

अहिले आफूहरु आराम गरेर बस्ने बेला नभएकाे उहाँले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘एमालेले यस देशलाई सही बाटाेमा अगाडि बढाएर, गरिबी हटाएर भाेकमरी हटाएर अनि मात्रै एमालेले चाैतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ, अहिले हामीसँग समय छैन।’