अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सत्ता समिकरण कुनै शक्तिले नभई हामीले नै बनायौंः अध्यक्ष ओली

नयाँ सत्ता समिकरण कुनै शक्तिले नभई हामीले नै बनायौंः अध्यक्ष ओली


पोखरा-नेकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशद्रोही गठबन्धन तोडेर राष्ट्रहितको समिकरण एमालेले बनाएको बताउनु भएकफ छ।

शुक्रबार पोखरामा आयोजित एमाले कास्कीका नवनिर्वाचित जिल्ला कमिटीको पद तथा गोपनियताको सफत ग्रहण कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्व गठबन्धन सरकारका कारण देशमा चरम संकट देखा परेको र त्यसको निकासका लागि अरु कुनै शक्तिले नभई आफुहरुले नै राष्ट्रहितका लागि नयाँ सत्ता समिकरण निर्माण गरेको दाबी गर्नुभएको छ।

पछिल्लो समय देशमा अराजनीतिक गतिविधि र राष्ट्रहित विपरितका गतिविधि बढेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो। बैंकबाट ऋण लिएर नतिर्ने, नतिर भन्दै हिड्ने, अराजक गतिविधि फैलाउदै, आफैले आफैलाई हिरोको रुपमा प्रस्तुत गर्दै हिड्ने अराजक व्यक्तिहरुका कारण राष्ट्रिय एकतामा चोट पुगेको तथा हाम्रो देश लुगा लगाएर हिड्ने मानिसको नभई नाङ्गै हिड्ने पशुको जस्तो देश बनाउन खोजिएको भन्दै त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो।

राष्ट्रमा अशान्त , उत्पादन ध्वस्त, आर्थिक अवस्था ओरालो तर्फ र देशलाई विभाजन गर्न विभिन्न गतिविधि बढेका कारण देशलाई त्यसतर्फ जान नदिन नयाँ सत्ता समिकरण आवश्यक रहेको अध्यक्ष ओलीले बताउनु भयो। अहिलेको गठबन्धन नभई नयाँ समिकरण मात्र भएको उहाँको भनाई थियो । साथै मिसन ८४ मा देशमा मूल पार्टी नेकपा एमाले नै हुने र सबैलाई सामेल गराएर लैजाने उहाँको दाबी थियो ।