अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनसरीका पाँच पालिकामा कर्फ्यु

सुनसरीका पाँच पालिकामा कर्फ्यु


इनरुवा-सुनसरी सदरमुकाम इनरुवासहित ५ वटा पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले  विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको हो।

कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ।

मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि प्रशासनले यसअघि हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।