अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा एमालेका सुहाङ नेम्वाङको उम्मेद्वारी दर्ता

इलाममा एमालेका सुहाङ नेम्वाङको उम्मेद्वारी दर्ता


काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा एमलेका रामप्रसाद सुवेदी र समर्थकमा माओवादीका धीरेन्द्र शर्मा रमण रहेका छन् ।

एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । यस्तै धीरेन्द्र माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । धीरेन्द्र माओवादीबाट उम्मेदवारको सिफारिस भएको हुनुहुन्थ्यो ।

सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थियो ।