अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई सूर्य थापाको जवाफ: सहकारीको समस्या विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन

कांग्रेसलाई सूर्य थापाको जवाफ: सहकारीको समस्या विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन


काठमाडौं-सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन भएकाले सदनमा बहस गर्न नहुने बताउनु भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले मुद्दा अदालतमा विचाराधीन भएकाले सदनमा बोल्दा कुनै व्यक्ति केन्द्रित गरेर गर्न नहुने बताउनु भयाे ।

उहाँले भन्नभयो, ‘सहकारीको विषयमा व्यक्ति केन्द्रित गरेर, सूर्य दर्शन सहकारीको विषय कास्कीको जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन मुद्दा संविधान बमोजिम यहाँ बहस गर्नहुन्न भन्ने कुरा सबैलाई थाहा छ। तर, हामीले यो विषय हामीले थाहा पाइकन पनि उठाइरहेका छौँ। हामी सहकारीको विषयमा छलफल गरेर निष्कर्षमा पुग्नको लागि होइन। यो विषयमा हामी प्रतिपक्षमा हुँदा पनि कुरा उठाएका थियौँ अहिले पनि उठाउँछौँ। म भन्न चाहन्छु यो विषय विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन।’

सांसद थापाले एक जना पनि सहकारीको बचतकर्ता ठगिन नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहकारीका बचतकर्ता एक जना पनि ठगिन हुन्न। बचतकर्ता ठगिन हुन्न भन्ने कुराको सुनिश्चितताको सरकार र सदनले सुनिश्चित गर्नुपर्ने ल्याकत राख्नुपर्छ।’

उहाँले सहकारीको विषय उठाएर कांग्रेसले सत्ता गठबन्धन भ्वाङ पार्न रोदन गरेको टिप्पणी गर्नुभयो।