अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक वैशाख २ सम्मलाई स्थगित

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक वैशाख २ सम्मलाई स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोधपछि प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ।

बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको हो।

प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। दुई दलले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक पटक अघि बढाउन आग्रह गर्नुभयो।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ।