अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुगुको एनआईसी एशिया बैंक फोडेर जुत्ता र खुकुरी चोरी

मुगुको एनआईसी एशिया बैंक फोडेर जुत्ता र खुकुरी चोरी


मुगु-मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिबार राति सवा नौ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैँकभित्र पसेको सीसी क्यामेरामा देखिएको छ। 

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैंकमा एक जना मात्र सुरक्षाकर्मी थिए। उनी राति ८ बजेसम्म मात्रै ड्युटीमा बस्थे। सुरक्षा गार्ड नभएको मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ।

प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ।

बैंकको ढोका फोर्ने तथा जुत्ता र मखुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले  जनाएको छ।