अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशीमा एमाले-माओवादीको ८ बुँदे संकल्प प्रस्ताव

कोशीमा एमाले-माओवादीको ८ बुँदे संकल्प प्रस्ताव


विराटनगर-कोशी प्रदेशसभामा ८ बुँदे सङ्कल्प प्रस्ताव पेस भएको छ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको सङ्कल्प प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो।

सङ्कल्प प्रस्तावमा वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख छ। वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा पनि संकल्प प्रस्तावमा उल्लेख छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेलाई कोशी प्रदेशसभा बैठक बोलाउनु भएको छ । सभा बस्नुअघि एमाले र माओवादीले सङ्कल्प प्रस्ताव संसद सचिवालयमा पेस गरेका हुन्।

हेर्नुस् संकल्प प्रस्ताव