अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली आज झापा-इलाम आउँदै, जिल्ला कमिटीको बैठक देखि चुनावी सभालाई सम्बोधन गर्ने

अध्यक्ष ओली आज झापा-इलाम आउँदै, जिल्ला कमिटीको बैठक देखि चुनावी सभालाई सम्बोधन गर्ने


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम क्षेत्र-२ को निर्वाचनको अवस्था बुझ्न र आमसभालाई सम्बोधन गर्न आज त्यतातर्फ जाँदै हुनुहुुन्छ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आज ११ बजे भद्रपुर अवतरण गरेर अध्यक्ष ओली एमाले झापा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्न सुरंगा आउनुहुने छ। सुरुंगा स्थित जेसिज हलमा एमालेले हालैसम्पन्न जिल्ला अधिवेशनपछिको पहिलो बैठक तय गरेको छ । बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै इलामतर्फ लाग्नुहुनेछ।

अध्यक्ष ओलीले आफ्नो फेसुबकमा उल्लेख गरे अनुसार आज एमालेका उम्मेद्वार सुहाङ नेम्वाङसँगै अध्यक्ष अध्यक्ष ओली इलाम बजारमा रहनु हुनेछ । भोली इलामको मंगलबारेमा आयोजना हुने वृह्त्त चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा फर्कने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिनुभयो।

६ गते गौरादह नगरपालिका ५ स्थित स्कूलचौनमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको कार्कीले बताउनुभयो।