अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुहाङले नै चुनाव जित्छ, अरू दलले पेट्रोल खर्च र जुत्ता नखियाउँदा हुन्छ: अध्यक्ष ओली

सुहाङले नै चुनाव जित्छ, अरू दलले पेट्रोल खर्च र जुत्ता नखियाउँदा हुन्छ: अध्यक्ष ओली


इलाम-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव जितेमा इलामको विकासको जिम्मा आफूले लिने बताउनु भएको छ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले सुहाङलाई जिताउन इलामेली जनतासँग आग्रह गर्ननुभयो।

उहाँले इलामको विकास निर्माणको समस्या आफूलाई थाह भएको उल्लेख गर्दै एमाले अध्यक्षको हैसियतले सुहाङको जिम्मा आफूले लिने बताउनु भयो।
अध्यक्ष ओलीले सुहाङले चुनाव हारे इलामले घाटा ब्योहोर्ने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘सुहाङले चुनाव हारे उहाँलाई घाटा लाग्दैन। इलामलाई घाटा लाग्छ।’

सुहाङले नै चुनाव जित्ने भन्दै ओलीले विपक्षी दललाई ‘धेरै पेट्रोल खर्च नगर्न र जुत्ता नखियाउन’ सुझाव पनि दिनुभयो।