अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तोलामा रु. सात सयले बढ्यो सुनको मूल्य

तोलामा रु. सात सयले बढ्यो सुनको मूल्य


काठमाडौँ-स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ।

बिहीबार प्रतितोला रु.एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला रु.एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ।