अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सांसद गुरुङको निलम्बन फुकुवा

सांसद गुरुङको निलम्बन फुकुवा


काठमाडौँ-सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा पर्नुभएका सांसद गुरुङ् सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।