काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया नियुक्त हुनु भएको छ ।
दुई दशकदेखि देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्नु भएको छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गर्नु भएका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो । तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिनुभएको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खनिया हाल बैंकको प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
बैंकको विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकमा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गर्नुभएका खनियालाई बैंकले दिएको नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने बैंकले विश्वास लिएके न्यौपानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।







प्रतिक्रिया