अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विश्वको सबैभन्दा कान्छो प्रोफेसर सुबोर्नो आईसेक बारीसँग अध्यक्ष ओली

विश्वको सबैभन्दा कान्छो प्रोफेसर सुबोर्नो आईसेक बारीसँग अध्यक्ष ओली


काठमाडौं-हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कूल र कलेजले आयोजना गरेको युवा विद्यार्थीलक्षित परिसंवाद कार्यक्रम नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा सम्पन्न गरेको छ।

आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा उक्त परिसंवादमा ११ वर्षको उमेरमा नै प्रोफेसर भनेर आफूलाई चिनाउन सफल सुवर्णो आइज्याक बारीसँग बैंकर अनिलकेशरी शाहले अन्तर्क्रिया गर्नुभएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले केक काटेर नेपाली ढाकाटोपी लगाइदिएर प्रा. बारीलाई स्वागत गर्नुभयो्। अध्यक्ष ओलीले अबका नयाँ पुस्ताले आफूमा विश्वास गरी विगतका सबै रेकर्ड तोडेर नयाँ निशान बनाउन आग्रह गर्नुभयो।

सो कार्यक्रममा ४० भन्दा बढी विद्यालयका चार हजार विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो । साथै, त्रिभुवन विश्वविद्यालयका प्रध्यापकहरू, काठमाडाैं विश्वविद्यालयका प्रध्यापकहरू लगायत विभिन्न शैक्षिक संस्थाका पदाधिकारिहरूको उपस्थिति रहेको थियो।