अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकको ९७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ९७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं-कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २०८० वैशाख १९ गते ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी  उक्त कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो। 

शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयर धनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।आवेदन बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ।

बैंकले विभिन्न सदस्यहरू सीता गुरुङ, दिनेश विक्रम श्रेष्ठ,  रद्युनाथ घिमिरे , राम भरोसा वैद्य, सञ्जय नारायण श्रेष्ठको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ।