अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा कक्षा-१२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

दमकमा कक्षा-१२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार


दमक-झापाको दमकमा कक्षा-१२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ। उनको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो। उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन्। शुक्रबार दिउँसाे परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।