अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरूबाटै लागेको छः देवेन्द्र दाहाल

कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरूबाटै लागेको छः देवेन्द्र दाहाल


काठमाडौं-राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल शुरु भएको बताउनु भएको छ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता दाहाले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको शुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल शुरु भएको आरोप लगाउनुभयो। उहाँले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताउनुभयो।

उहाँले नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न कांग्रेसलाई आग्रह गर्नुभयो।

नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ति विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताउनुभयो । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको बताउनुभयो । उक्त विधेयकको बारेमा अविलम्व छलफल प्रारम्भ गर्न आग्रह गर्नुभयो।