अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको अवरोधपछि संसद बैठक जेठ १ गतेसम्म स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक जेठ १ गतेसम्म स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ। आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो। आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो ।

उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेको थियो । दोस्रो बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिनुभयो। लगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।