अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा बन्चरो प्रहार गरी दुईजनाको हत्या

दाङमा बन्चरो प्रहार गरी दुईजनाको हत्या


काठमाडौं -दाङमा एकजना व्यक्तिले बञ्चरो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार, शनिबार अपरान्ह साढे ४ घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर भन्ने स्थानमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ घर भएकी ४४ वर्षीया संगीता सुनारको हत्या भएको हो।
हत्या गरेको आरोपमा प्रहरीले रोल्पाको थवाङ गाउँपालिका–२ स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१७ बस्ने ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, ती व्यक्ति अटो चालक हुन्। मृतकमध्ये एकजनालाई घर्तीले घर ल्याउने र लाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘घटनाको बारेमा थप पुष्टि हुन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालय, दाङका एसपी रामबहादुर केसीले भने, ‘अनुसन्धानपछि थप खुल्दै जाला’