अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ सुदूरपश्चिमको युवा संगठनको अध्यक्षमा कल्पना पाल

अनेमसंघ सुदूरपश्चिमको युवा संगठनको अध्यक्षमा कल्पना पाल


धनगढ-अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन हुनुभएको छ।

अनेमससंघ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहनु भएको थियो।

यस्तै भेलामा नेकपा एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, अनेमसङ्घका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज रुक्मिणी देवकोटा, केन्द्रीय सदस्य तथा बझाङका इन्चार्ज भागरथी सिंह, केन्द्रीय सदस्य अञ्जली शर्मा, प्रदेश अध्यक्ष झुमा चौधरी लगायतका नेताहरू अतिथि हुनुहुन्थ्यो ।