अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले बोलाउनुभयो दलका प्रमुख सचेतकहरूको बैठक

सभामुखले बोलाउनुभयो दलका प्रमुख सचेतकहरूको बैठक


काठमाडौँ-सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न  राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाउनु भएको छ।

सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित  प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाउनु भएको हो।

 छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतको विषयमा केन्द्रित हुने बताइएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ।