अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको लिम्चुङबुङमा रित्तियो माओवादी, ४१ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश

उदयपुरको लिम्चुङबुङमा रित्तियो माओवादी, ४१ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश


उदयपुर-नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेसँगै उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी रित्तिएको छ।

आज लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३, नागी बाराहास्थित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा
नेकपा माओवादी केन्द्रका राष्ट्रिय शेर्पा मुक्ति मोर्चाको केन्द्रीय सदस्य गन्जु शेर्पासहित २७ र नेपाली कांग्रेसका १४  गरी ४१ जना नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका उपमहासचिव देवराज राईले जानकारी दिनुभयो।

कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता एमाले लिम्चुङबुङ गाउँपालिकाका कार्यबाहक अध्यक्ष ज्ञानबहादुर राईले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व शहरी राज्यमन्त्री एवं सप्तरी जिल्लाका इन्चार्ज मन्जु चौधरी हुनुहुन्थ्यो।

यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाका इन्चार्ज अम्बिका थापाले विशेष अतिथि रहनुभएको थियो। त्यस्तै, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्यहरु देवराज राई र बेनीबहादुर नेपाली हुनुहुन्थ्यो।

यसैगरी नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउत, पूर्व जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, जिल्ला सहसचिव हेम खड्का, जिल्ला सदस्यहरु भलराज राई, राजकुमार राई, होम किराती, देवका कार्की, बाबुराम राई,  नोक श्रेष्ठ, विजय घिमिरे, गम्बर सिंह बराल र उद्धव सिंह थापा हुनुहुन्थ्यो। यस्तै ताप्ली गाउँपालिका कमिटि अध्यक्ष तोपबहादुर  ज्यु ठकुरी, उदयपुरगढी गाउँ कमिटि अध्यक्ष यम्बर बहादुर खत्री अतिथि हुनुहुन्थ्यो।

माओवादी केन्द्रका राष्ट्रिय शेर्पा मुक्ति मोर्चाको केन्द्रीय सदस्य गन्जु शेर्पाको नेतृत्वमा एमाले प्रवेश गरेका ४१ जना नेता-कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व शहरी राज्यमन्त्री एवं सप्तरी जिल्लाका इन्चार्ज मन्जु चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाका इन्चार्ज अम्बिका थापा, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, एमाले कोशी प्रदेश कमिटिका सदस्य देवराज राई, एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले अविर र खादा लगाएर स्वागत गर्नुभयो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले काेशी प्रदेश कमिटीका सदस्य देवराज राईले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अब कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गर्नुभयो। नेता राईले मिसन-२०८४ मा एमालेलाई पहिलो शक्ति बनाएर एकल बहुमतको सरकार बनाउनुपर्ने बताउनुभयो।