अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश सरकारबाट माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट माओवादीका दुई मन्त्रीद्वारा राजीनामा


वीरगन्ज-मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो।

माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । 

माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन्।